विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारमा भएको थियो । उनी कथाकार, उपन्यासकार, कवि, आत्मवृत्तान्तकार आदि हुन् । कृष्ण राय यस कथाका प्रमुख पात्र हुन् । उनले आफूलाई अजात शत्रु ठानेका छन् । धनसम्पत्ति भएको कुष्ण राय समाजमा प्रतिष्ठित व्यक्ति थिए । उनी सन्तानहीनकृष्ण रायले त्यसको अभाव पोष्यपुत्र राखेर पुरा गरेका थिए । त्यही आनन्दमा मग्न कृष्ण रायमाथि कसैले लठ्ठीको प्रहार ग¥यो । यस घटनापछि कसैको मध्यस्थ बन्नु वास्तविक रुपमा शत्रु बनाउने खेलरहेछ भन्ने महसुस गरे
उनी सामान्य मनोरोगी पात्र हुन् । उनी भद्र मानिस हुन् । उनलाई आँखामा राखेपनि नबिझाउने व्यक्तिका रुपमा लिन सकिन्छ । यिनी शान्त स्वभावका छन् । गाउँमा कसैलाई ऋण दिँदा त्यसको झगडा बीउ लिएर आउँछ भन्थे । यिनलाई सबै प्रकारको मानसम्मान, धन सम्पत्ति आदि सबैको सुख थियो तर यिनका कुनै सन्तान भने थिएनन् । यिनी आत्मालोचना गर्ने प्रवृत्तिका व्यक्ति थिए । यिनी आफूलाई अजात शत्रु मान्दथे । उनले कसैलाई अन्याय, अत्याचार, शोषण, दमन गर्दैनथे । असल व्यक्ति कृष्ण राय एकदिन सुत्न के लागेका थिए, यिनीमाथि कसैले लठ्ठी प्रहार ग¥यो । यिनको तन्द्रा भङ्ग भयो ।
दुनियाँमा कोही पनि मित्र हुँदैन, सबै शत्रु सबै बैरी नै हुन्छन्, यो भनाई कृष्ण रायको हो । यो भनाइ गलत छ । सबै शत्रु भए मानिसको वृत्ति विकास कसरी सम्भव छ । कसरी विकास गर्ने ? यो भनाई गलत देखिन्छ । सबै शत्रु कसरी हुन सक्छ । किन कि विनाकारण संसारमा शत्रु बन्दैन । शत्रु मित्र बन्नुमा केही कारण अवश्य हुन्छ । शत्रु र मित्र भन्ने कुरा मानिसको शील, स्वभाव र आचरणमा भर पर्दछ । मानिस गलत भए शत्रु कमाउँछ । उले इष्ट राख्न सक्दैन । गुणी र विवेकीले समय परिस्थिति हेरेर व्यवहार गर्दछ भने उसका मित्र हुन्छन् । कोही मानिस न शत्रु न मित्र दुवै बनाउन नचाहेका प्रकारका पनि समाजमा पाइन्छन् ।
चिठी
मिति: २०७१।२।१०
श्री सम्पादकज्यू,
गोरखा पत्र संस्थान,
धर्मपथ, काठमाडौँ ।
महोदय,
हाम्रो गाउँ कोदाले डाँडा–२, ढल्केमा खानेपानीको उचित प्रबन्ध अहिलेसम्म हुन सकेको छैन । अझै पनि १ भाँडो पानी लिन हामी गाउँबासी तिन–चार घण्टाको उकाली ओराली गर्दै ढल्के बेसी खोलामा आउन बाध्य छौँ । बारम्बार गाउँ विकास समिति कहाँ अनुरोध गर्दा पनि हाम्रो पानीको उचित प्रबन्ध गर्ने प्रति हालसम्म सम्बन्धित पक्षको ध्यानकर्षण हुन सकेको छैन । ५० घरधुरी भएको हाम्रो ढल्के गाउँमा २९० जनसंख्या छ । यस्तो समस्याको निराकरणका निम्ति जस्ता दवावमुलक गतिविधि मार्फत यो पानीको साधन खोज्न सम्बन्धित निकायमा बारम्बार जाँदा पनि उहाँहरुले कुनै ठोस कार्य अगाडि बढाउनु भएको देखिदैन् । त्यसैले यस विषयमा पारस्परिक छलफल गरी यस समस्याको समाधान निकाल्न यस पत्रिका मार्फत सम्बद्ध सबैमा अनुरोध गर्दछु । त्यस्तो संसार जलस्रोतको दोस्रो धनी मानिएको देश नेपालमा अझै पनि पानीको यस्तो दयनिय अवस्था देख्दा यो आफैँमा लज्जास्पद मानिन्छ । छिटो भन्दा छिटो सम्बन्धित निकायले कोदाले डाँडा २ ढल्केका गाउँबासीलाई पानीको आवश्यकता परिपूर्ति गराई समस्याबाट छुटकारा दिलाउन म चाहन्छु । धन्यवाद ।
भवदीय डाब्रे गुरुङ
कोदाले डाँडा–२, मुगु ।
मिति : २०७१।१२।३
श्रीमान् सम्पादकज्यू,
कान्तिपुर दैनिक
काठमाडौँ ।
महोदय,
फाल्गुन ३ गते प्रकाशित पत्रिकामा आएको उच्च माध्यमिक विदालयले निकट भविष्यमा शिक्षण शुल्क बृद्धि गर्ने विषय प्रति मेरो ध्यान आकृष्ट भएको छ । शिक्षण शुल्क बृद्धि गर्नु समय महंगी अनुसार आवश्यक हो । त्यो हुनुपर्छ । तर विद्यालयमा समय अनुरुपको शिक्षा शैली र पाठ्यक्रममा पनि ध्यान दिने हो कि ? उच्च माध्यमिक विद्यालयलाई अझ राम्रो र गुणस्तरीय बनाउन पनि सम्बन्धित पक्षको ध्यान जानु पर्छ । गरीब र जेहेन्दार विदार्थीहरुलाई अझ बढी छात्रवृद्धि तथा शुल्कमा कमी गरी उनीहरुले सजिलै उच्च शिक्षा आर्जन गर्न सक्ने बनाउनमा पनि सम्बन्धित पक्षको ध्यान जानुपर्छ । यसरी शुल्क बृद्धि गर्दा विद्यार्थीमा पर्न जाने असरको पनि ख्याल गरियोस् ।
भवदीय चन्द्र बहादुर यादव
काभ्रे, दोलालघाट
मिति : २०७१।१।१०
श्रीमान् सम्पादक ज्यू,
कान्तिपुर दैनिक,
काठमाडौँ ।
महोदय,
फाल्गुन, कान्तिपुर दैनिक हालसालैका अंकहरुमा फेरि पनि मुलुकमा देखा परेका राजनीतिक समस्याहरुको समाधान खोज्ने निहुँमा केही राजनीतिक दलहरुले नेपालबन्दको आह्वान गर्न थालेको खबर छापिएको पढ्न पाउँदा हामी विद्यार्थीहरु अत्यन्त मर्माहत भएका छौँ । विगतको ऐतिहाँसिक जन आन्दोलन र लोकतन्त्रको स्थापनापछि अब कुनै पनि समस्याको निराकरणका निम्ति देशका सम्पूर्ण राजनीतिक दलहरुका प्रतिनिधिहरु एकै ठाउँमा बसी आपसमा छलफल गर्छन् र सबैलाई स्वीकार्य हुने गरी समस्याको उचित समाधान निकाल्छन् भन्ने हाम्रो सपना थियो । तर यस्तो पद्धिति र प्रक्रियाको बेवास्ता गरी फेरी पनि बन्द हडताल जस्ता दबाबमुलक गतिविधि मार्फत आफ्ना मागहरु पुरा गराउने बाटो रोज्न थालिएको छ । यदि यस खालको पद्धति र परिपाटीलाई प्रोत्साहित गर्दै गयौँ भने हामीले चाहेको नयाँ नेपाल र सच्चा लोकतान्त्रिक संस्कृतिको निर्माण हुन सक्ला ? त्यसैले यस विषयमा मुलुकमा सबै राजनीतिक दलहरु सचेत भई पारस्परिक छलफलद्धारा नै समस्याको समाधान निकाल्ने संस्कृतिको निर्माणमा लाग्न यस पत्रिका कार्फद सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु । यस्तो समस्याको समाधान गरी शान्त वातावरणमा पढ्न पाउने विद्यार्थीहरुको मौलिक अधिकार सुरक्षित हुनुपर्ने तर्फ पनि सम्बद्ध सबैमा ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद ।
भवदीय उसा पौडेल
घोराही–५, दाङ
No comments: