म फुल लिएर आउने छु
सुधा त्रिपाठीद्वारा लिखित ‘म फूल लिएर आउनेछु’ देश भक्तिको भावनाले ओतप्रोत भएको एक सुन्दर निबन्ध हो । यस निबन्धमा सुनखानी प्रतिको माया, ममता, सम्झनाहरु सशक्त ढङ्गले प्रश्तुत भएका छन् । कर्मथलो काठमाण्डौलाई मरुभुमीका रुपमा र जन्मभुमी सुनखानीलाई उपहार स्नेह मायाले भरिएको स्वर्गसमान देखाइएकोछ ।
यस निबन्धबाट जन्मभूमी स्वर्ग भन्दा पनि महान् हुन्छ भन्ने अभिव्यक्ती पाइन्छ । यहाँ निवन्धकार त्रिपाठीले सुनखानीप्रति द्रविभुत भएको अभिव्यक्ति दिएर आफ्नो जन्मथलो प्रति अपार स्नेह र माया भएको देखाएकी छन् । हामीले पनि जन्मथलो प्रति माया सदभाव राख्नुपर्छ भन्ने विचार यस निबन्धको अध्ययन पश्चात अनुभुत भएको छ । जन्म दिने आमा र जन्मभूमी प्रति सबैले सदभाव राख्नु पर्छ । जन्मभूमी साच्चै स्वर्ग समान हो । यस्ताकुराहरुको निबन्धमा चित्रण गरिएको छ । यो निबन्ध छोटकरीमा जन्मभुमी प्रती अपार स्नेह झल्कीएको निबन्ध हो ।
अन्त्यमा सुनखानीलाई ढीलो भो भनेर दुःख नमान्नु भन्दै जीवनमा साँझ पर्नु अगावै एक अंजुली सेता फूलहरु ल्याएर तिम्रा पाउहरुमा भक्तिले चढाउनेछु र खुशीयालीमा अश्रुधाराहरुले तिम्रा पाउहरु पखाल्ने छु र भएका गल्तीकालागि क्षमा माग्नेछु । तिमीले मलाई निष्ठूरी सम्झे पनि मैले मेरो गाउँको गराँसको भार्भराउँदो बैंश भुलेकी छैन, न्याउलीको विरह गीत पनि भुलेकी छैन भनी मैले केही केही भुलेकी छैन । मैले मैलाई पनि भुलेकी छैन भन्दै सुनखानी प्रतिको अगाध प्रेम र ममतामयी भावलाई यस निबन्धमार्फत सम्झना गरेकी छन् ।
No comments: