हर्क बहादुर
यस कविताका रचनाकार दिनेश अधिकारी (२०१६) हुन् । उनले समसामयिक पुस्ताको प्रतिनिधित्व गरेका छन् । उनले राष्ट्रका मुख्य तीन पक्षलाई मार्मिक ढङ्गले उठाएका छन् । ती हुन्, राष्ट्रियता, स्वाधिनता र नागरिकता । राष्ट्रियताको ठूलो महत्व राष्ट्र स्वतन्त्र हुनका लागि हुन्छ । राष्ट्रियता भएको राष्ट्रमा सबै नागरिकको भलो चिताइन्छ । उनीहरुको बाँँच्ने आधार दिइन्छ । राष्ट्रियता औषधि बनेर आउन नसके त्यस्ता हर्कबहादुरले सात वर्षे छोरी गुमाइरहने छन् । स्वाधीनता नहुँदा आफ्नो युक्ति विकास गर्न विदेश भासिनु प¥यो र उसलाई कसैले रोकेन र नागरिकता देशवासीको त्यस्तो पहिचान हो । जसले उनीहरुलाई आफ्नो हक अधिकार दिलाउँछ । तर राष्ट्रियता र नागरिकता यस देशमा नाममा मात्र सीमित भएको कटु तथ्य कविले हर्कबहादुर कविता मार्फत प्रस्तुत गरेका छन्
हर्कबहादुरले गरीब, किसानी, आफ्नो परिचय नभएका, मजदुर, नाङ्गा मजदुरी गरेर जीविका चलाउने व्यक्ति, नागरिको प्रतिनिधित्व गरेको छ । साथै रातदिन कडा परिश्रम गरेर खान, लाउन र बस्न नपाएका नाङ्गा, भोका नेपालीहरु जसले चेतनाका नाउँमा आफु बाँचेको युग थाहा नपाउने राष्ट्रियता, स्वाधिनता तथा नागरिकता फोस्रो लाग्ने नेपालीहरुको प्रतिनिधित्व गरेको छ । कामको शिलसिलामा विदेशिएका नेपाली जसले आफ्नो छोरछोरीको उपचार गर्न सक्दैन, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप खेप्न बाध्य छन्, त्यस्ता नेपाली जनताको प्रतिनिधित्व गरेको छ ।
हर्कबहादुरका विशेषताहरु :
१ हर्कबहादुर उपनामबाट चिनिने,
२ गरीब, लगाउने लुगासम्म नभएको नाङ्गो ।
३ हर्कबहादुरलाई आफू बाँचेको युगसम्म थाहा नभएको,
४ ऊ भोकभोकै काम गर्ने मानिस,
५ कर्मठ, इमान्दार नागरिक ।
हर्क बहादुर
यस हर्क बहादुर कतिाका रचनाकार दिनेश अधिकारी हुन् । उनले गरीबको प्रतिनिधित्व गरेक ाछन् । हर्कबहादुरको वास्तविक नाम भए पनि कसैले उसलाई हर्कबहादुर भनेर बोलाउँदैन । उसले कसैले दाउरे, कसैले चाउरे त कसैले काले भनेर सम्बोधन गर्छन् । उसलाई यस्ता उपनामहरुबाट सम्बोधन गरिनु उसको असाय गरीबको कारण हो । हर्कबहादुर गरीब र नाङ्गो छ । उसलाई बोलाउँदा उपनामको प्रयोग गरिन्छ । अरुबाटउसको सक्कली नाम थाहा पाउन सकिदैन ।
अर्जुन महाभारतका पौरवी र विजेता पात्रका रुपमा प्रसिद्ध छन् । त्यस्तै हर्कबहादुर पनि पौरखी छ । ऊ बिहान झिसमिसेमा गोरु नार्न बाँझो बारीमा पुग्छ । ऊ कोदालो लिएर खन्न तम्सन्छ । ऊ निकै पुरुषार्थी छ । दुरदर्शी छ । देशको तिरस्कार गरेर अट्टहास हाँस्छ । ऊ अर्जुन र एलब्य जस्तै विना गुरु धनुवाण चलाउन सिकेको पात्र हो । हर्कबहादुर अर्जुन र एकलब्य जस्तै कला पारखी पात्रका रुपमा यस कवितांशमा आएको छ ।
हर्कबहादुर हरिऔनको बासिन्दा मात्र नभएर समग्र यो देश नेपालको नागरिक हो । ऊ देशवासीको प्रतिक बनेको छ । उसलई गाउँमा शहरमा र देशको चौतर्फ खोजे देख्न र भेट्न सकिन्छ । ऊ नेपालीहरुको साझा प्रतिनिधि बनेको छ । उसलाई एकलब्य र अर्जुनसँग तुलना गरिएको छ । आवश्यक पर्दा ऊ जो पनि हुन सक्छ । उसको मतदान गर्ने अधिकार छ । ऊ मतदाता पन िहो । यसको अस्तित्व राज्यले स्वीकार नगरे पनि सराहे गर्ने बेलामा पुरोहितले उसको नाम लिने गरेको तथ्य छ । यस कवितांशमा सबैको प्रतिनिधि पात्रका रुपमा समाजमा सबैतिर भेटिन्छ ।
हर्कबहादुरलाई कविले करङको दत्तिउन लगाएर हाडको चन्दनको लेप लगाएर मन्दिर र मस्जिद जस्ता पवित्र स्थानमा पवित्र मनले बाँचिरहेको हर्कबहादुरालाई सलाम गरेका छन् । नेपाल धार्मिक मुलुक हो । यहाँका हर्कबहादुरहरु धर्मका नाममा आपसी सौहार्द विचार लिएर बाँचेका छन् । उनीहरु एक आपसमा मेलमिलाप र सद्भावको विचार राख्छन् । त्यस्ता हर्कबहादुरलाई मनैदेखि सलाम गर्नु पर्दछ ।
प्रतिक्रिया
यस कवितामा हर्कबहादुरका धेरै नाम छन् । दाउरे, चाउरे र काले ।ऊ पौरखी छ । गोरु नारेर बाँझो मार्छ, कोदाली लिएर आली ताछ्छ र बाउसे गर्न भ्याउँछ । ऊ दूरदर्शी पनि छ । लुगा फाटेपनि उसको छाला फट्दैन । छाला साहू कादेर किन्न पनि पाइन्न । ऊ नाङ्गो आङले भारी बोक्ने र धर्ती जोत्ने काम गर्छ । उसले आफू बाँचेको तिथि, मिति, बार थाहा पाएको छैन । उसले गाँस बास, कपास र अन्नका दाना मागेको छ । सात वर्षे छोरीलाई सर्पले टोकेर अकालमा मर्दा राष्ट्रियताले पस्दा स्वाधिनताले नजा भन्न सकेन । हर्क बहादुर कविताले नेपालको अवस्थाको प्रतिनिधित्व गरेको छ । उसलाई गाउँ, शहर र देशमा जहाँ पनि र जसका रुपमा पनि भेट्न सकिन्छ, जो पनि नयाँ नाम हर्कबहादुरको संस्करण हुनसक्छ । यस कविता मार्फत जनजीवनप्रतिको गहन चिन्तन तथा प्रकृति चेत अभिव्यक्ति भएको पाइन्छ ।
No comments: