banner image

नेपालै नरहे





प्रतिक्रिया
माधव घिमिरे (वि.सं. १९७६) नेपाली स्वच्छन्दतावादी भावधाराका कवि हुन् । उनले गौरी, राजेश्वरी, राष्ट्र निर्माता, धतीमाता, पापीनि आमा जस्ता काव्यहरु र किन्नर किन्नरी लगायतका प्रशस्त फुटकर कविताहरु रचना गरेका छन् । नेपालै नरहे गीतको विषयवस्तु नेपाल राष्ट्रको सेरोफेरो रहेको छ । यस गीतमा नेपाली प्रकृति, चाडपर्व, देशभक्ति, संस्कृतिलाई मुख्य विषय बनाइएको छ । गीतकार घिमिरेले नेपालै नरहे नेपाली हामी कहाँ रहौँला र हिमालै नरहे उचाइ कहाँ चुलिन्छ भन्ने राष्ट्रवादी भाव पोखेका छन् । तराई हाम्रो सुनको टुक्रा र हिमाल हिराको टुक्रा हो । धर्तीका छोराको पहिलो धन माटो र पानी हो । त्यस्तै गीतकार संसार हेर्नलाई सन्झ्याल हुनुपर्ने बताउँछन् । अन्ततः कविता भनेको कला हो जसले कुनै पनि विषयवस्तुलाई कलात्मक र आकर्षक ढंगले प्रस्तुत गर्न सक्छ । कविताहरु प्रायः भावनामा बगेर लेखिन्छन् । 

नेपाल एसिया महादेशमा पर्दछ । प्रत्येक नेपालीको आत्मा र विश्वासमा नेपालको प्रगती र उन्नती छ । नेपालीको विश्वास जति अग्लो हिमालको उचाइ छ । हिमाली टाकुरा हिराको टुक्रासँग दाँज्न सकिन्छ ।  हिराको टुक्रा जस्तै मूल्यवान् हाम्रा हिमाली टाकुरा छन् । गितकारले तराइका उर्भर भुमिमा सुनका टुक्रा फाक्ने भन्दै सुनका टुक्रा सँग दाजेका छन् । नेपालमा अनेकौँ चाडपर्वमा, मेलापात र पाखापखेरामा झ्याली र मादल जस्ता लोक बाद्यबादनलाई यस गीतमा सगौरव स्थान दिएका छन् । पुर्खाको गौरव र इतिहास हाम्रो साक्षीका रुपमा खाडा देखिन्छ । देश विकास गर्न पुर्वको उज्यालोले प्रेरणा दिन्छ र चेतनाको पहिलो डाँकसँग हामी विउँझिएर सत्कर्म गर्न प्रेरित हुन्छाँै । मरिश्रमी धर्तीपुत्रहरुले अभिसिञ्जन गरेको यो यो पवित्र भूमी हामी सबैको गौरव हो ।


                         
“नेपाल र नेपाली”

नेपाल बहुल जाति, बहुल भाषी मुलुक हो । नेपालमा धेरै जानजातिका जनाताको बसोबास पाइन्छ । नेपालको पुर्वी पहाडी जिल्लामा लिम्बु तथा राइहरुको बाक्लो बसोबास छ । हिमाली प्रदेशमा शेर्पाहरुको बसोबास निकै परिचित नै छ । पश्चिम तथा मध्य पश्चिम क्षेत्रमा गुरुङ्ग र थकाली तथा मगरहरु बस्न्े गरेका छन् । मध्यामाञ्चलका पहाडी जिल्लाहरुमा तामाङ्ग र काठमाण्डौ उपत्यकामा नेवारहरुको बाक्लो बसोबास देखिन्छ । पूर्वी तराईमा राजवंशी, सतार र झाँजडहरु छन् भने जनकपुर क्षेत्र मैथिल समुदायको क्षेत्रमा निकै प्रचलित छ । लुम्बिनी देखी नेपालगञ्जसम्म अवध समुदायको बसोबास पनि विभिन्न जातजातीहरु पर्दछन् । जति जाति त्यतीनै भाषा संस्कृति रहेको हाम्रो देश नेपाल अत्यन्त सुन्दर मानिन्छ । नेपाल त्यसैले जातीय विविधताको साझा फूलबारीका रुपमा लिन सकिन्छ । 

 

नेपालै नरहे नेपालै नरहे Reviewed by Bijay Munikar on October 05, 2020 Rating: 5

No comments:

Powered by Blogger.